सुदूरपश्चिम


चार दिनदेखि बेपत्ता कुवेर दमाईं मृत भेटिए, खाल्डोबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

चार दिनदेखि बेपत्ता कुवेर दमाईं मृत भेटिए, खाल्डोबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन १९, २०८० शुक्रबार ९:५२, काठमाडौँ

कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एक व्यक्ति मृत भेटिएका छन्। कृष्णपुर नगरपालिका–२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाईं मृत भेटिएका हुन्। 

दमाईंको शव घरदेखि करिब ५ सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए।

स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए। दमाईं सोमबारदेखि बेपत्ता थिए। 

“खाल्डोमा सडेगलेको अवस्थामा शव फेला परेको छ”, उनले भने, “हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भई शव गाडिएको भन्नेबारे पत्ता लगाउन अनुसन्धान जारी छ।”

शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .