सुदूरपश्चिम


बाजुरामा आगलागीबाट दुई घर जलेर नष्ट

बाजुरामा आगलागीबाट दुई घर जलेर नष्ट

नेपालखबर
कात्तिक १३, २०८० सोमबार २१:३३, काठमाडौँ

बाजुराको बडीमालिका नगरपालिका–८ रापकमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सोही नगरपालिका–८ रापकका भरतबहादुर रावल र वीरबहादुर रावलको घरमा विद्युत्को तार सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए।
 

आगलागी भएको खबर प्रहरीलाई गरेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याएको दुर्गा भञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए।

आगो नियन्त्रणमा सेनानी सिंहको नेतृत्वमा आगो नियन्त्रणमा आएको छ। आगो लागेर करिब चार लाख बराबरको क्षति भएको छ।

विद्युत्को तार सट भएपछि आगलागी भएको हो। आगलागीले लत्ता कपडा, अन्नपात जलेर सखाप पारेको सेनानी सिंहले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .