सुदूरपश्चिम


एउटै भवन दुई पटक उद्घाटन गर्न खोज्दा विवाद, कांग्रेस-एमाले आमानेसामने

एउटै भवन दुई पटक उद्घाटन गर्न खोज्दा विवाद, कांग्रेस-एमाले आमानेसामने

नेपालखबर
माघ ४, २०८० बिहिबार १२:२६, काठमाडौँ

एउटै भवन दुई पटक उद्घाटन गर्न लागिएपछि कैलालीका दुई ठूला राजनीतिक दलहरूबीच विवाद भएको छ।

कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन उद्घाटनको विषयलाई लिएर खासगरी नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरूबीच विवाद भएको हो।

यसअघि नै उद्घाटन भइसकेको भवन फेरि उद्घाटन गर्न लागिएको भन्दै एमालेले विरोध गरेपछि विवाद चर्किएको हो।

प्रशासनिक भवन फेरि उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोध थालेको एमालेले कार्यकर्ता उतारेर नगरपालिकाको कार्यालयमा घेराउ गरेको छ।

उक्त भवन एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ गते उद्घाटन गरेका थिए।

तर, त्यही भवनलाई कांग्रेसबाट निर्वाचित वर्तमान मेयर वीरेन्द्र भट्टले पनि बिहीबार उद्घाटन गर्ने कार्यक्रम राखेका छन्।

यसैलाई लिएर दुई ठूला दल आमनेसामने भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .