सुदूरपश्चिम


सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान विधेयकमा एमालेले गरायो संशोधन प्रस्ताव दर्ता

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान विधेयकमा एमालेले गरायो संशोधन प्रस्ताव दर्ता

नेपालखबर
माघ २५, २०८० बिहिबार २०:२, कञ्चनपुर

नेकपा एमालेले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६को संशोधन प्रस्ताव दर्ता गराएको छ।

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार संशोधन प्रस्ताव दर्ता गराएका हुन्। विधेयकमा भएका केही व्यवस्था संसोधनको मागसहित उनले प्रस्ताव दर्ता गराएका छन्।

सुदूरपश्चिम प्रदेशका सबै भाषा, साहित्य, कला, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकासका लागि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान स्थापना गरिएको छ।

मन्त्रीलाई कुलपति राख्ने व्यवस्था हटाएर सम्बन्धित क्षेत्रकै अनुभवी, दक्ष, साहित्य, कला, लोक संस्कृति र इतिहासको क्षेत्रमा लामो अनुभव प्राप्त व्यक्तिलाई कुलपतिमा नियुक्त गर्नु पर्ने रावलको माग छ।

प्रदेशलाई आर्थिक व्ययभार पर्ने भएकाले भद्धा र ठूलो संख्यामा सदस्य नियुक्त गर्नु आवश्यक नभएको बताउँदै उनले ९ वटा जिल्लाको प्रतिनिधित्व हुने गरी सदस्य संख्या राख्न सकिने उल्लेख गरे।

समावेशीताका आधारमा प्राज्ञ सदस्य संख्या तोक्ने व्यवस्था हुनुपर्ने, विश्वविद्यालयको प्रतिनिधित्वका रुपमा साहित्य, कला र संस्कृतिका विषयमा प्राध्यापन गरिरहेको कम्तिमा पनि एक जना व्यक्ति राख्न सकिने उनको धारणा छ।

मन्त्रीले अभिभावकत्व ग्रहण गराउन संरक्षकको भूमिका रारखेर कुलपति सम्बन्धित क्षेत्रकै व्यक्तिलाई नियुक्त गर्नुपर्ने लगायत माग रावलले राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .