सुदूरपश्चिम


पत्रकारलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पत्रकारलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

नेपालखबर
माघ २८, २०८० आइतबार १९:२६, कञ्चनपुर

विद्युतीय अपराध मुद्दामा पक्राउ परेका कञ्चनपुरका दुई जना पत्रकार ७ दिन थुनामा बस्ने भएका छन्।

म्याद थपका लागि जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएका पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो।

फेसबुकमा प्रहरीविरुद्ध लेखेर चरित्र हत्या गरेको आरोपमा विद्युतीय अपराध मुद्दामा जाहेरी आएपछि शनिबार उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरी निरीक्षक बिनु शाहीमाथि यातनाको आरोप लगाएको भिडिओ पत्रकार पुष्कर भट्टले सामाजिक सञ्जाल फेसबुकमा साझा गरेका थिए।

त्यसपछि निरन्तर उनले प्रहरी निरीक्षक शाही र जिप्रका कञ्चनपुरका प्रमुख एसपी कमल थापाविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए।

यस्तै, पत्रकार कुँवरले पनि प्रहरी निरीक्षक शाही र प्रहरी जवान नाथको विवादलगायत प्रहरीविरुद्धको समाचार फेसबुकमा निरन्तर साझा गरिरहेकी थिइन्।

व्यक्तिगत फेसबुक पेज तथा मेसेन्जर लगायत सामाजिक सञ्जालहरुमा व्यक्तिगत चरित्रहत्या गरेको उनीहरुमाथि आरोप छ।

भट्ट माउन्टेन टेलिभिजन र कुँवर आभाषकुञ्ज दैनिकमा कार्यरत छन्। दुई पत्रकार समातिएपछि कञ्चनपुर प्रहरीको आलोचना भइरहेको छ। प्रतिशोधपूर्ण कारबाही गरेकोले पत्रकारद्वयको तुरुन्त रिहाइको माग पत्रकार सम्बन्ध संघसंगठनले गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .