सुदूरपश्चिम


प्रमुख प्रशासकीय अधिकृत सुतिरहेको सरकारी निवासमा ढुंगामुढा र आगजनी

प्रमुख प्रशासकीय अधिकृत सुतिरहेको सरकारी निवासमा ढुंगामुढा र आगजनी

फाइल तस्बिर


नेपालखबर
फागुन २५, २०८० शुक्रबार १४:५३, कञ्चनपुर

दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको सरकारी निवासमा राति ढुंगामुढा र आगजनी भएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अज्ञात समूहले बिहीबार राति पौने २ बजेतिर प्रमुख प्रशासकीय अधिकृत अधिकारी बस्ने सरकारी निवासमा आगजनी भएको हो। 

‘राति प्रमुख प्रशासकीय अधिकृत सुतिरहेका बेला ढुंगामुढा र आगजनी भएको विवरण आएको छ। हामी घटनाको अनुसन्धान गरिरहेका छौँ’, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले भने।

उनका अनुसार ढुंगाले झ्यालका सिसा फुटेका छन्। निवासमा रहेका पर्दा, किताब, बेडमा क्षति पुगेको छ। प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी भने शकुसल रहेको प्रहरीले जनाएको छ।

घटनापछि अधिकारीले राति भागेर प्रहरीलाई जानकारी दिएका थिए। आगजनी गरी अज्ञात समूह फरार भएको प्रहरी निरीक्षक भण्डारीले बताए। 

आगजनी गरिएको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दर्शन खड्का नेतृत्वको टोली पनि घटनास्थलमा खटिएको छ। 

आगजनीका कारण तथा यसमा संलग्नको पहिचान खुलेको छैन। अज्ञात समूहको खोजी तथा घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .