ad ad

सुदूरपश्चिम


सुदूरपश्चिममा कांग्रेस सरकार गठनमा सामेल नहुने, अदालत गुहार्ने

सुदूरपश्चिममा कांग्रेस सरकार गठनमा सामेल नहुने, अदालत गुहार्ने

नेपालखबर
बैशाख ६, २०८१ बिहिबार १५:४५, काठमाडौँ

सुदूरपश्चिममा नेपाली कांग्रेसले सरकार गठनको खेलमा नलाग्ने बताएको छ।

अन्य दलहरू संवैधानिक प्रक्रिया मिचेर अगाडि बढ्न लागेको भन्दै आफू सरकार गठनको प्रक्रियामा सामेल नहुने कांग्रेसले बताएको छ।

‘अहिले हाम्रो दाबी छैन र कसैलाई समर्थन पनि गर्दैनौँ,’ कांग्रेस संसदीय दलका नेता एवं हालका मुख्यमन्त्री कमलबहादुर शाह भन्छन्, ‘यहाँ केके भइरहेको छ, तपाईँहरुले देख्नुभएकै छ। ती कुनै पनि कुरा संविधानसम्मत छैनन्। त्यसैले हामी कानुनी उपचारमा जान्छौँ।’

यसअघिका दाबी प्रदेश प्रमुखले अस्वीकृत गर्नु संवैधानिक विपरीत रहेको र आजको प्रक्रियामा पनि प्रदेश प्रमुखले गर्ने निर्णयको प्रतीक्षा गरिरहेको शाहले बताए।

वैशाख २ गते कांग्रेसले नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीलाई समर्थन गर्दै मुख्यमन्त्रीमा दाबी पेस गर्न सघाएको थियो भने एमालेले उन्मुक्तिकै कैलाश चौधरीलाई अघि सारेको थियो। प्रदेश प्रमुख नजिर मियाले दुवै दाबी अस्वीकृत गर्दै पुनः दाबी पेस गर्न आह्वान गरेका थिए।

‘केकसरी निर्णय हुन्छ, हेरौँ,’ शाहले नेपालखबरलाई भने, ‘अनि हामी अदालत जान्छौँ। यहाँको राजनीतिलाई संविधानको ट्र्याकमा ल्याउने हाम्रो प्रयास हुन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .