ad ad

सुदूरपश्चिम


भारतको कर्नाटकमा मृत भेटिए बैतडीका दाजु र बहिनी, घटना शंकास्पद

भारतको कर्नाटकमा मृत भेटिए बैतडीका दाजु र बहिनी, घटना शंकास्पद

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १३:३८, महेन्द्रनगर (कञ्चनपुर)

बैतडीको पुर्च्यौडी नगरपालिका-४ भोडरका दुई दाजुबहिनी भारतको कर्नाटकमा मृत अवस्थामा फेला परेका छन्।

बुबाआमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम  र १५ वर्षीया छोरी शिरिष्मा कर्नाटकमा गत शनिबार शंकास्पद अवस्थामा मृत भेटिएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिए।

‘दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अफवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्’, धामीले भने, ‘दुवैको शरीर चोटपटक देखिन्छ।’

बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब छ महिनाअघि मात्रै भारत गएका थिए। मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको उनको भनाइ छ। घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता रहेको बताइएको छ।

‘सोमबार नै आफन्तको जिम्मा लगाएर शव दाहसंस्कार गर्ने योजना थियो’, धामीले भने, ‘तर अझै शव अस्पतालमै छ।’

मृतकका आफन्तले भने घटना छानबिनको माग गरिरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .