सुदूरपश्चिम


कञ्चनपुरमा हाइस दुर्घटना हुँदा ८ जना घाइते

कञ्चनपुरमा हाइस दुर्घटना हुँदा ८ जना घाइते

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १८:३, कञ्चनपुर

कञ्चनपुरमा इलेक्ट्रिक हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरियामा इलेक्ट्रिक हाईस दुर्घटना हुदा चालक सहित ८ जना घाइते भएका हुन्।

घाइतेमध्ये ४ जनाको गुलरियास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा र चार जनालाई थप उपचारका लागि कैलालीको धनगढी स्थित निसर्ग अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट धनगढीतर्फ तीब्र गतिमा गइरहेको सुदूरपश्चिम प्रदेश ००२ ख १४२५ नम्बरको हाईस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad