सुदूरपश्चिम


सेती अस्पतालभित्रै डाक्टरमाथि आक्रमण, बिरामी कुरुवा पक्राउ

सेती अस्पतालभित्रै डाक्टरमाथि आक्रमण, बिरामी कुरुवा पक्राउ

फाइल तस्बिर: सेती प्रादेशिक अस्पताल


गोकुल जोशी
फागुन ५, २०८१ सोमबार ८:४, कञ्चनपुर

सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि सोमबार बिहान ४ बजेतिर आक्रमण भएको छ।

रक्तचापसम्बन्धी बिरामी आमाको कुरुवा बसेका ती व्यक्तिले प्रादेशिक अस्पतालका डाक्टर वेदप्रकाश भट्टलाई क्रमण गरेका हुन्।

आक्रमणकारी कैलालीको धनगढी उपमहानगरपालिका-१३ बस्ने २४ वर्षीय कृष्ण रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी कवीन्द्र सिंह बोहराले बताए।

उनका अनुसार रानाकी आमाको आईसीयूमा राखेर उपचार भइरहेको छ।

रक्तचापसम्बन्धी बिरामी राखिएको आईसीयू कक्षमा बिहान जाँच गरेर फर्किने क्रममा डाक्टरलाई आक्रमण भएको हो।

डाक्टर भट्टको मुखमा चोट लागेको छ भने चस्मा पनि फुटेको छ।

प्रारम्भिक जानकारीअनुसार डाक्टरलाई आक्रमण गर्ने राना मानसिक रूपमा अस्वस्थ रहेको बुझिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad