जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका ९ वटै स्थानीय तहलाई छाउगोठ हटाउने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ।
कृष्णपुर नगरपालिकास्थित वडा नम्बर १, निगालीमा शनिबार महिनावारीको समयमा छाउगोठमा बस्दै आएकी २८ वर्षीया कमला दमाईको सर्पले डसेर मृत्यु भएको घटनापछि प्रशासनले यस्तो निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार एक सूचना जारी गर्दै स्थानीय तहलाई छाउपडी गोठ भत्काएर परम्परागत रूपमा चलिरहेको कुप्रथा उन्मूलन गर्न अभियान चलाउन भनिएको छ।

36
Shares

प्रतिक्रिया