नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डोटीले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको छ।
शुक्रबार, साबिक माओवादी केन्द्रका डोटी जिल्ला इन्चार्ज त्रिलोचन भट्टको अध्यक्षतामा सम्पन्न बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार घोषणा गरेको हो।
राष्ट्रिय सभा निर्वाचनका लागि भरत बहादुर बोहरा सर्वसम्मत एकल उम्मेदवार सिफारिस भएका छन्। त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ त्रिलोचन भट्ट, हर्कबहादुर सिंह, जङ्ग विक, सिद्धाराज विक, अन्जिता श्रेष्ठ, धन बहादुर विष्ट, वीरबहादुर थापा र प्रकाश जोशी सिफारिस भएका छन्।
त्यस्तै समानुपातिकतर्फ गोरख बहादुर सार्की, कृष्ण दर्लामी, पुर्णा जोशी, श्रीचन्द्र श्रेष्ठ, सिता रायमाझी, दिल बहादुर कठायत, डम्बर घर्ती, नन्दलाल विक, डबल ताम्राकार र लक्ष्मण नाथ योगी सिफारिस भएका छन्।
Shares

प्रतिक्रिया