सुदूरपश्चिम


बाजुराका १० मतदानस्थल सडक पहुँच बाहिर, मतपेटिका ढुवानीमा हेलिकप्टर प्रयोग गरिने

बाजुराका १० मतदानस्थल सडक पहुँच बाहिर, मतपेटिका ढुवानीमा हेलिकप्टर प्रयोग गरिने

फाइल फोटो


नेपालखबर
माघ २९, २०८२ बिहिबार १७:५४, कञ्चनपुर

बाजुराका १० मतदानस्थल यातायातको पहुँच बाहिर छन्। जिल्लाका ७७ मतदानस्थलमध्ये १० मतदानस्थल सडक पहुँचमा नजोडिएकोले हेलिकप्टरमार्फत मतदान सामाग्री ओसारपसार गर्ने तयारी छ।

सडक सुविधासँग नजोडिएका हिमाली गाउँपालिकाका ४ र गौमलु गाउँपालिकाको एक मतदानस्थदलमा मतपत्रदेखि मतमेटिका हेलिकप्टरमार्फत ओसारपसार गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। 

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा खटिएको सुरक्षा तथा सरोकारवाला निकायको संयुक्त टोलीले मतदानस्थलको अनुगमन गरिरहेको छ। त्यसक्रममा सडक सुविधा नभएका ५ मतदानस्थलमा हेलिकप्टर प्रयोग गरिने सीडीओ निरौलाले बताए।

उनका अनुसार स्वामीकार्तिक खापर गाउँपालिकाको दुई, त्रिवेणी गाउँपालिकाको एक र जगन्नाथ गाउँपालिकाको एक मतदानस्थल पनि सडक सञ्जालसंग जोडिएको छैन।

‘कोही आधा बाटोसम्म गाडी जाने छन्। त्यहाँबाट ढुवानी गरेर पैदल पुगिन्छ,’ सीडीओ निरौलाले भने, ‘५ मतदानस्थलमा हेलिकप्टर नै प्रयोग गर्नुपर्ने अवस्था छ।’

हिमाली र गौमुल गाउँपालिकाका ५ मतदानस्थलको हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिनेछ। अन्य स्थानमा भने मतदान स्थल नजिकसम्म सवारी साधन पुग्ने व्यवस्था मिलाइएको छ। 

त्यहाँबाट कडा सुरक्षाका साथ मतपेटिका बोक्दै सवारी साधनसम्म ल्याएर सदरमुकाम मार्तडी पुर्‍याउने व्यवस्था मिलाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad