सुदूरपश्चिम


कञ्चनपुरमा छेउको रुख घरमा ढल्दा एक महिलाको मृत्यु, अर्की घाइते

कञ्चनपुरमा छेउको रुख घरमा ढल्दा एक महिलाको मृत्यु, अर्की घाइते

कञ्चनपुरकै तस्बिर तर फाइल


नेपालखबर
फागुन १४, २०८२ बिहिबार १०:२१, महेन्द्रनगर

कञ्चनपुरको वेदकोट नगरपालिकास्थित कच्ची घरमा रुख ढल्दा महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका-३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जानकारी दिए।

घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको टोली खटिएको छ।

त्यसैगरी सोही घरमा रहेकी ४० वर्षीया सीता महता घाइते भएको प्रहरीले जनाएको छ।

उनको अहिले महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad