दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाइ फायर भएको छ। मतदानको विषयमा विवाद हुँदा दुई पक्षीय झडपको स्थिती सृजना भएपछि प्रहरी हवाइ फायर गरेको हो।
हवाई फायर पछि केही समय मतदान स्थगित भएको थियो। अहिले भने मतदान पुनः सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको समान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो।
त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ।
42
Shares

प्रतिक्रिया