ad ad

सुदूरपश्चिम


बाजुरामा पुनः मतदान नहुने, मतगणना सुरु गर्न आयोगको निर्देशन

मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
बाजुरामा पुनः मतदान नहुने, मतगणना सुरु गर्न आयोगको  निर्देशन

फाइल फोटाे


नेपालखबर
मंसिर १४, २०७९ बुधबार १६:१४, कञ्चनपुर

निर्वाचन आयोगले बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगले मतगणना सुरु गर्न निर्देशन समेत दिएको छ।

निर्वाचन आयोगबाट मत गणना सुरु गर्न निर्देशन सहितको पत्र आएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए। उनका अनुसार पत्र प्राप्त भएसँगै मतगणनाका लागि तयारी पनि थालिएको छ।

अहिले साढे ४ बजे सर्वदलीय बैठक डाकिएको उनले बताए।

‘अहिले सर्वदलीय बैठक बोलाएका छौं, बैठकमा के हुन्छ, सोही अनुसार गणना प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने।

मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना गरिने छ।

मतदानको दिन बाजुराका विभिन्न ठाउँमा गरेर २० भन्दा बढी ठाउँको मतदानमा विवाद उत्पन्न भएको थियो। जसले गर्दा बाजुरामा पुनः निर्वाचन गराउने वा मतगणना गर्ने अन्योल थियो। 

मतदानको दिन बाजुराका विभिन्न ठाउँमा झडप, मतदानस्थल तोडफोड, ढुंगामुढा प्रहार, मतपेटिका जलाउने, प्रहरीद्वारा हवाई फायर, मतदाता लखेटिएका लगायत घटना भएका थिए।

मतदानको क्रममा भएको विवादले गर्दा नै बाजुरामा दुई जनाले ज्यान पनि गुमाए। बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकार्तिक खापर, खप्तड छेडेदह, त्रिवेणी र जगन्नाथ लगायत २३ ठाउँमा पुनः मतदान हुनु पर्ने माग गर्दै एमाले र कांग्रेसले निवेदन दिएको थियो।

नेकपा एमालेले १५ र नेपाली कांग्रेसले ८ ठाउँको मतदान पुनः गर्न निवेदन दिएका थिए। त्यसपछि निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन समेत गरेको थियो। बाजुरामा ७० वटा मतदानस्थल र ११४ वटा मतदान केन्द्र रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .