विश्व फुटबल महासंघले यसपालि विश्वकपमा ट्रियोन्डा नामको फुटबल खेलाउँदै छ। यसलाई फिफाले ‘अफिसियल म्याच बल’ भनेको छ।
केही दिनअघि नै बल सार्वजनिक गरिसकिएको छ।
यसका खास विशेषता भनेको स्मार्ट सेन्सर प्रविधि हो। जसले तत्कालै बल ‘मुभमेन्ट’ र खेलाडीले छोएको आधारमा डेटा पठाउँछ।
यो प्रविधिले भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर)लाई निर्णय दिन महत्त्वपूर्ण सहयोग पुग्नेछ। यसो हुँदा खेलका दौडान रेफ्रीबाट हुने भुलचुक कमसेकम हुने विश्वास गरिएको छ।
बलमा राखिएको १४ ग्रामको आन्तरिक मोसन सेन्सरले प्रतिसेकेन्ड ५ सय पटकसम्मको गति, घुमाइ र स्पर्शविन्दुहरुलाई ट्रयाक गर्छ। उक्त सेन्सर आफैँ चार्ज हुने ब्याट्रीबाट चल्छ।
बलको मध्यभागमा यसलाई राखिएको छ। जसले बलको सन्तुलन र उड्दाखेरि स्थिरता मिलाउने काम गर्छ। सेन्सरमा ट्रियोन्डाको चार प्यानल डिजाइन र रंगहरुको संयोजन छ। यसले तीन आयोजक राष्ट्रहरुलाई झल्काउँछ।
Shares

प्रतिक्रिया