ad ad

अटो


भारतमा एकै महिनामा हिरो मोटोकर्पले बेच्यो ४ लाख १५ हजार मोटरसाइकल

भारतमा एकै महिनामा हिरो मोटोकर्पले बेच्यो ४ लाख १५ हजार मोटरसाइकल

नेपालखबर
असार २४, २०७८ बिहिबार १२:३,

भारतमा हिरो मोटोकर्पले जुन महिनामा सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ। 

फेडेरेसन अफ अटोमाबाइल डिलर्स एसोसिएसन (फाडा)का अनुसार कम्पनीले १ महिनामा ४ लाख १५ हजार दुईपांग्रे सवारीसाधन बिक्री गरेको हो। 

भारतीय बजारमा दुईपांग्रे सवारीसाधनमा हिरोमोटोकर्पको एक्लैको मार्केट सेयर ४४.६५ प्रतिशत रहेको छ।  

हिरो मोटोकर्पले जुन महिनामा ३ लाख १७ हजार बिक्री गरेको थियो।

दोस्रोमा होन्डा मोटरसाइकल एन्ड स्कुटर रहेको छ। जसले १ महिनामा १ लाख ९६ हजार मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ। 

होन्डाले अघिल्लो वर्षको जुनमा १ लाख ९८ हजार दुईपांग्रे सवारीसाधन बिक्री गरेको थियो।

तेस्रोमा रहेको टीभीएस मोटरले १ लाख १९ हजार बिक्री गरेको छ। टीभीएसको मार्केट सेयर १२ प्रतिशत रहेको छ। 

त्यस्तै बजाजले ११ प्रतिशत मार्केट सेयर ओगट्दै १ लाख ७ हजार, रोयर इन्फिल्डले ३६ हजार, सुजुकी मोटरसाइकल २५ हजार, यामाहाले २२ हजार ४०० बाइक बिक्री गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .