बागमती


डेंगुबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

डेंगुबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०७९ बुधबार १३:१, काठमाडौँ

बागमती प्रदेशमा डेंगु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्कअनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौँमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक , सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए। 

यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेँगुका बिरामी फेला परेको छ। ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेंगुका बिरामी फेला परेका छन्।

यसैगरी काठमाडौँमा ४ हजार ६ सय ७४, मकवानपुरमा १ हजार ८ सय १०, भक्तपुरमा ७ सय १३, चितवनमा ४ सय २९ र धादिङमा ३ सय ९९ जना डेंगुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .