ad ad

बागमती


बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

सुनिता विष्ट
चैत १०, २०७९ शुक्रबार १५:४२, हेटाैँडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्।

सरकारलाई समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत लिएका हुन्। 

११० सदस्यीय बागमती प्रदेश सभामा उनले ४ राजनीतिक दलको ६७ मत प्राप्त गरेका हुन्। माओवादीमा २१, कांग्रेसको ३७, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीका २ जनाले जम्मकट्टेलको पक्षमा मत दिए। 

फागुन १३ गते सरकारबाट बाहिरिँदै राप्रपाले सरकारलाई गरेको समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका थिए। एक महिनाभित्र दोस्रो पटक संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले आज विश्वासको मत माग्ने प्रस्ताव पेश गरेका थिए। 

पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेल फाल्गुन १३ गते अल्पमतमा परेका थिए। आलोपालो मुख्यमन्त्री बन्ने सहमतिका साथ कांग्रेसले विश्वासको मत दिएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .