बागमती


काठमाडौँ उपत्यकामा पनि पश्चिमी वायुको प्रभाव, कस्तो होला मौसम?

काठमाडौँ उपत्यकामा पनि पश्चिमी वायुको प्रभाव, कस्तो होला मौसम?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
फागुन ७, २०८० सोमबार ८:४६, काठमाडौँ

देशभरका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि अहिले पश्चिमी वायुको प्रभाव परिरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी वायुको प्रभावले अहिले बिहान काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा छ। 

‘उपत्यकामा पनि पश्चिमी वायुको प्रभावले आकाशमा अलि अलि बादल देखिएको छ’, मौसमविद् लामिछानेले भने, ‘दिउँसोतिर बादल केही बढ्ने अनुमान छ, त्यसले गर्दा घाम राम्ररी लाग्न नपाउने हो कि भन्ने अनुमान छ।’

तर आजलाई काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना भने नदेखिएको उनको भनाइ छ। 

‘भोलि (मंगलबार) चाहिँ उपत्यकामा छिटपुट वर्षा हुने सम्भावना छ’, मौसमविद् लामिछानेले भने,  सम्भावना छ। 

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियसमा उक्लिएको छ। 

‘आज बिहान ५:४५ बजेको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस देखिएको हो’, उनले भने, ‘तर आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः मापन हुन्छ।’

तर त्यतिबेला यत्ति नै रहन पनि सक्छ भने थोरै घट्ने सम्भावना पनि हुन्छ।   

यस्तै आज उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद् लामिछानेले बताए। 

‘अब तापक्रम मूलतः बिस्तारै बढ्दो क्रममा छ’, उनले भने, ‘दिउँसो बादल आएर झ्याप्प घाम छेक्यो भने उपत्यकाको अधिकतम तापक्रम केही कम पनि हुन सक्छ।’

अहिले बिहान उपत्यकामा हल्का हुस्सु लागिरहेको छ। तर घाम लाग्दै जाँदा यो हटेर जाने मौसमविद् लामिछानेको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .