बागमती


दोस्रो दिन पनि भेटिएनन् रोहित

दोस्रो दिन पनि भेटिएनन् रोहित

नेपालखबर
फागुन ३, २०८१ शनिबार २१:१८, हेटौँडा

नारायणगढबाट काठमाडौं जाने क्रममा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका रोहित राना शनिबार पनि भेटिएनन्। 

आज दिनभर सशस्त्र प्रहरी निरीक्षक सूर्यराम रावतको कमान्डमा खटिएको गोताखोरको टोलीले दिनभर खोजी गर्दा पनि नभेटिएको चितवन प्रहरीले जनाएको छ। ५ जना गोताखोरको टोली र नेपाली सेनाको ७ जनाको टोलीले दिनभर त्रिशूली नदीमा रानाको खोजी गरेको थियो।

दुर्घटनास्थलदेखि चितवनको इच्छाकामना स्थित ९ किलोसम्म गोताखोर र सेनाको टोलीले खोजी गरेको चितवन प्रहरी प्रवक्ता डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए। दिनभर खोजी गर्दा पनि बेपत्ता राना नभेटिएको उनको भनाइ छ। 

आज साँझ परेपछि रोकिएको खोजीकार्य आइतबार (भोलि) पनि जारी राखिने डीएसपी महतोले बताए। सम्भावित स्थानमा उनी नभेटिएपछि त्रिशूली नदीको बेगले बगाएर लगेको हुनसक्ने आशंका गरिएको छ।

शुक्रबार बिहान ११ः३० बजेतिर लमजुङको सुन्दबजार नगरपालिका–३ चन्द्रेश्वर स्थायी घर भएका २७ बर्षका रोहित राना नारायणगढ–मुग्लिङ सडकखण्ड अन्र्तगत पर्ने चितवनको इच्छाकामना गाउँपालिका–५ चट्टानेभीरमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका थिए।

नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाईकल चालक राना सडकबाट अन्दाजी १५० मिटर तल रहेको त्रिशूली नदीमा बेपत्ता भएका हुन्। राना सवार बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक भने सडकमै थियो।

सडकको छेउको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा राना उछिट्टिएर त्रिशूली नदीमा पुगेका हुन्। राना भारतीय सेनामा कार्यरत गोर्खाली राइफल म्यान हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad