बागमती


उपत्यकाका ३ जिल्लामा शत प्रतिशत रोपाइँ, प्रदेशभर ७६ प्रतिशत

उपत्यकाका ३ जिल्लामा शत प्रतिशत रोपाइँ, प्रदेशभर ७६ प्रतिशत

सुनिता विष्ट
असार ३०, २०८२ सोमबार ११:५२, हेटौंडा

समयमै पानी परेपछि बागमती प्रदेशमा धान रोपाइँले तीव्रता पाएको छ। आकाशे पानीको भरमा धान रोप्नुपर्ने किसानहरुका लागि समयमै पानी परेपछि बागती प्रदेशमा धान रोपाइँ समेत उत्साहजनक देखिएको  छ।

बागमतीमा हालसम्म ७६.४८ प्रतिशत रोपाइँ सम्पन्न भएको बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता सुजन कडेँलका अनुसार प्रदेशका अधिकांश धान रोपाइँ हुने स्थानमा यस वर्ष समयमै पानी पर्न सुरु गरेकाले विगतभन्दा धेरै हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको हो। हालसम्म ९२ हजार २ सय ५०.८५ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको हो। 

उनका अनुसार बागमती प्रदेशका १३ जिल्लामा खेतियोग्य जमिन ५ लाख २८ हजार ९ सय १९.९ हेक्टर जमिन जमिन रहेकोमा १ लाख २० हजार ६ सय १०.२५ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ योग्य जमिन छ। जसमा उपत्यकाको ३ जिल्लाहरुमा शतप्रतिशत रोपाइँ सम्पन्न भैसकेको मन्त्रालयको तथ्यांक छ। 

काठमाडौँको ५ हजार ९ सय २४ हेक्टर क्षेत्रफल, ललितपुरको ४ हजार १ सय ६३ हेक्टर क्षेत्रफल र भक्तपुरको २ हजार ६ सय ९९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको प्रवक्ता कडेँलले जानकारी दिए। उनका अनुसार यस तीन जिल्लाका सबै धान रोपाइँ हुने जमिनमा रोपाइँ सम्पन्न भएको हो। 

त्यसबाहेक प्रतिशतको तुलानामा सबैभन्दा धेरै रोपाइँ सम्पन्न भएको जिल्ला दोलखा हो। यहाँ धान रोपाइँ हुने २ हजार ८ सय १४ हेक्टर क्षेत्रफल रहेकोमा हालसम्म २ हजार ५ सय ८८.८८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो। यहाँ ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

यस्तै, हालसम्मको अवधिमा सबैभन्दा कम रोपाइँ रसुवामा भएको छ। यहाँ हालसम्म ३७.७० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको हो। रसुवामा २ हजार ७ सय १८ हेक्टर जमिनमा रोपाइँ हुनेमा हालसम्म १ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको छ। 

रामेछापको  कुल ७ हजार ८ सय ५९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने जमिन रहेकोमा हालसम्म ८३ प्रतिशत अर्थात् ६ हजार ५ सय २२.९७ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ। 

मकवानपुर जिल्लामा ७ हजार ६७ हेक्टर जमिनमध्ये ५९.३ प्रतिशत अर्थात् ४ हजार १ सय ९३.५  हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ भने २७ हजार २ सय ७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको चितवनमा ८०.३ प्रतिशत अर्थात् २१ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो। 

यस्तै, नुवाकोटमा १६ हजार ४ सय ९८ हेक्टर धान खेती हुने जमिनमध्ये १६ हजार २ सय ८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।

यसैगरी, सिन्धुपाल्चोकमा ८ हजार ७८२ हेक्टरमध्ये ६७.२ प्रतिशत अर्थात् ५ हजार ९ सय १.३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयको तथ्यांक छ भने सिन्धुलीमा ११ हजार ४४५ हेक्टर जमिनमध्ये ६३.७ प्रतिशत अर्थात् ८ हजार ५ सय ६५ हेक्टर क्षेत्रलफलमा रोपाइँ सकिएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ। 

१० हजार २ सय १० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको काभ्रेमा ७६.१४ प्रतिशत अर्थात् ७ हजार ७ सय ७४.२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ सम्पन्न भएको मन्त्रालयका प्रवक्ता सुजन कडेँलले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad