चितवनको भरतपुरमा गएराति कार सडक किनारको रुखमा ठोकिएर दुर्घटना हुँदा चिकित्सकको मृत्यु भएको छ।
चितवन प्रहरीले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका-१० विशालचोकबाट रमाइलो चोकतर्फ जाँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराति १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोकिएको हो।
दुर्घटनामा भरतपुर-२ आँपटारीका २९ वर्षीय डा. विप्लव भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
राति घर फर्कंदै गर्दा उनको कार दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ। कारमा उनी मात्रै थिए।
दुर्घटनामा परी गम्भिर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति २ बजे मृत्यु भएको हो।
यसअघि नारायणी सामुदायिक अस्पतालमा कार्यरत डा. भट्ट केही समययता भने कुनै पनि स्वास्थ्य संस्थामा आबद्ध थिएनन्।
4.1k
Shares

प्रतिक्रिया