नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले बालकलाई ठक्कर दिएपछि गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको छ।
आज बिहान हरिसिद्धि उकालोमा उनी सवार गाडीले स्थानीय एक बालकलाई ठक्कर दिएको हो।
दुर्घटनापछि स्थानीयले सडक बन्द गराएका हुन्। सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।
18
Shares

प्रतिक्रिया