सुदूरपश्चिम


लम्कीमा जुत्ता-चप्पल गोदाममा आगलागी, ७० लाखको क्षति

लम्कीमा जुत्ता-चप्पल गोदाममा आगलागी, ७० लाखको क्षति

आगलागी स्थल। तस्बिर : रासस


नेपालखबर
भदौ २१, २०८२ शनिबार ८:५९, कैलाली

कैलालीको लम्कीस्थित जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ। आगलागीबाट रु ७० लाखभन्दा बढीको क्षति भएको छ।

प्रहरीका अनुसार आज बिहान २:४० बजेतिर लम्कीचुहा नगरपालिका-१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एन्ड सप्लायर्समा एक्कासि आगलागी भएको हो। 

आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए। 

लम्की निवासी कल्पना जैशीको गोदाममा चप्पल र जुत्ता थिए।

आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

गोदाममा कोही बस्ने नभएकाले आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad