बागमती


मकवानपुरमा ३४ लाखका कपडा र पटका बरामद

मकवानपुरमा ३४ लाखका कपडा र पटका बरामद

नेपालखबर
असोज २४, २०८२ शुक्रबार ११:५१, हेटौँडा

मकवानपुर प्रहरीले ३४ लाख रुपैयाँ बराबरको भन्सार छली गरी ल्याइएका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ बरामद गरेको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार (आज) बिहान ४ बजेतिर हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेनजिक पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा उक्त परिमाणमा कपडा र पटका फेला पारेको हो।

वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ९०२३ नम्बरको गाडीबाट ती सामान बरामद भएका हुन्।

अवैध कपडा र पटकासहित गाडीका चालक रौतहट, वृन्दानन नगरपालिका–९ का २० वर्षीय प्रदीपकुमार चौधरी र यात्रु गरुडा नगरपालिका-४ का ३१ वर्षीय विजय साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गाडीको पछाडि लुकाईछिपाई ल्याइएका १३० थान सारी, ६९६ थान कुर्ता र १७५ थान टप्स गरी १ हजार १ थान कपडाको मूल्य करिब १४ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। 

यसैगरी गाडीबाट पटकाजन्य झिरझिरेलगायत करिब २० लाख रुपैयाँ बराबरका पदार्थ बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad