मोरङको विराटनगर महानगरपालिका-१२, कामत चोकस्थित घरबाट सुन तथा चाँदीका गहना चोरीमा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार यही असोज ३ गते संगीता यादवको घरमा कोही नभएको मौका पारी सुन, चाँदीका गरगहना र नगद चोरी गरिएको थियो।
मोरङ जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले अनुसन्धान गर्दा विराटनगर-१२ का ३१ वर्षीय धिरेन्द्र कामतलाई चोरीमा प्रयोग भएको झोलासहित असोज २२ गते पक्राउ गरेको हो।
सोधपुछका क्रममा उनले चोरीमा अन्य दुई साथीको पनि नाम खुलाएपछि प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको हो।
प्रहरीका अनुसार विराटनगर–६ बस्ने २२ वर्षीय विवेक कामत र सुनसरीको वर्जु गाउँपालिका–२ का २१ वर्षीय सुदीप कामतलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
उनीहरूलाई मोरङ जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
Shares

प्रतिक्रिया