बागमती


उम्मेदवार छनोटमा आर्थिक चलखेल गरेको भन्दै रास्वपा बागमतीका उपसभापतिले छोडे पार्टी

उम्मेदवार छनोटमा आर्थिक चलखेल गरेको भन्दै रास्वपा बागमतीका उपसभापतिले छोडे पार्टी

नेपालखबर
फागुन ७, २०८२ बिहिबार १५:९, हेटौँडा

राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी परित्यागको घोषणा गरेका छन्।

बिहीबार (आज) पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा घोषणा गरेका हुन्। उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको तथा आर्थिक व्यवस्थापनमा अपारदर्शीता देखिएको उनको आरोप छ ।

हुमागाईँ २०७९ को निर्वाचनमा काभ्रे–२ बाट प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवार बनेका थिए। उनले राजीनामा पत्रमा रास्वपा छाड्नुका ७ कारण खुलाएका छन्।

वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको उनको आरोप छ। 

आसन्न फागुन २१ गतेको निर्वाचनमा यस क्षेत्रका लागि बदन कुमार भण्डारीलाई रास्वपाले उम्मेदवार बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad