बागमती


वीरगन्जबाट चितवन जाँदै गरेको बस मकवानपुरमा बिजुलीको पोलमा ठोकियो, २२ जना घाइते

वीरगन्जबाट चितवन जाँदै गरेको बस मकवानपुरमा बिजुलीको पोलमा ठोकियो, २२ जना घाइते

आइतबार बिहान मनहरीमा पल्टिएको बस।


नेपालखबर
फागुन १०, २०८२ आइतबार ९:११, हेटौँडा

मकवानपुरको मनहरी गाउँपालिका-७, बिजौनास्थित पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

आइतबार (आज) बिहान ७ बजेतिर वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडकका बाँया किनारमा रहेको विद्युत् पोलमा ठोकिएको प्रहरीले जनाएको छ।

आइतबार बिहान मनहरीमा पल्टिएको बस।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको कमान्डमा ट्राफिक प्रहरीसहित १६ जनाको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले घाइते २२ जनाको उद्धार गरी उपचारका लागि चितवनतर्फ पठाएको जनाएको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ।

दुर्घटनापछि बस घटनास्थलमै रहे पनि राजमार्गमा सवारी आवागमन अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब १ किलोमिटर पश्चिमतर्फ पर्छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad