बागमती


सिन्धुलीमा ४० प्रतिशत मत खस्यो

सिन्धुलीमा ४० प्रतिशत मत खस्यो

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १४:५१, हेटौँडा

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सिन्धुलीमा हालसम्म ४० प्रतिशत मत खसेको छ। स्निधुली निर्वाचन कार्यालयका निर्वाचन अधिकारी इश्वरनाथ मिश्रका अनुसार सिन्धुलीमा हालसम्म ८६ हजार मत खसेको हो।

जिल्लामा कुल मतदाताको संख्या २ लाख ८ हजार ४१५ रहेको छ।

उनका अनुसार जिल्लाभरका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ।

केही स्थानमा सामान्य व्यवस्थापनका समस्या बाहेक अधिकांश केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको प्रशासनले जनाएको छ।

जिल्लामा १५१ निर्वाचन स्थल र २ वटा अस्थायी निर्वाचन स्थल रहेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीका अनुसार जिल्लामा कुल २७२ मतदान केन्द्र रहेका छन्।

जसमध्ये प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा १३८ र निर्वाचन क्षेत्र नम्बर २ मा १३४ मतदान केन्द्र रहेका छन्।

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad