बागमती


मधेस प्रदेशमा एचआईभी संक्रमण दर देशभरको भन्दा बढी!

मधेस प्रदेशमा एचआईभी संक्रमण दर देशभरको भन्दा बढी!

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १४:२३, जनकपुरधाम

मधेस प्रदेशमा एचआईभी संक्रमण दर देशभरको भन्दा बढी देखिएको छ। 

मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा प्रदेशमा एचआईभी संक्रमण पुष्टिको औसत दर ०.६ देखिएको हो। जबकि यसको राष्ट्रिय दर ०.५ प्रतिशत छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी राजवीर यादवका अनुसार गत आर्थिक वर्ष पनि प्रदेशमा एचआईभी पोजिटिभ दर ०.६ प्रतिशत थियो।

चालु आर्थिक वर्षमा परीक्षण संख्या घट्दा पनि पोजिटिभ दर भने ०.६ प्रतिशत नै देखिएकाले संक्रमण दर बढ्न सकिने अनुमान रहेकाे उनले बताए।

एचआईभी संक्रमण दर देशभरको भन्दा प्रदेशको बढी देखिनु गम्भीर चिन्ताको विषय भएको सूचना अधिकारी यादवले बताए। 

निर्देशनालयको ताजा तथ्यांकअनुसार मधेस प्रदेशमा सबैभन्दा बढी एचआईभी संक्रमित पर्सा जिल्लामा छन्। पर्सामा हाल १ हजार ५ सय ४ जनामा एचआईभी संक्रमण छ।

त्यसपछि धनुषामा ८ सय ८६, रौतहटमा ५ सय ४०, सर्लाहीमा ५ सय ८, सिराहामा ४ सय ५७, महोत्तरीमा ३ सय ७१ तथा बारामा २ सय २२ जना एचआईभीबाट संक्रमित छन्। 

भारतसँगको खुला सीमा, वैदेशिक रोजगारी, सुरक्षित यौन व्यवहारबारे पर्याप्त चेतनाको अभाव, परीक्षणप्रति रहेको डर तथा सामाजिक विभेदजस्ता कारण संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको स्वास्थ्यकर्मीहरूकाे भनाइ छ।

अझै पनि धेरै मानिस एचआईभी परीक्षण गराउन हिचकिचाउने र संक्रमण पुष्टि भएपछि पनि नियमित उपचारमा नआउने समस्या रहेको उनीहरू बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad