सिन्धुपाल्चोक-२ स्थित हेलम्बु गाउँपालिका-७ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।
हालसम्म ८ सय मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङ अग्रस्थानमा देखिएका छन्।
प्राप्त विवरणअनुसार वंशलाल तामाङले २७३ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) युवराज दुलालले १८४ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले १२८ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका झलक श्रेष्ठले ११७ मत प्राप्त गरेका छन्।
हालको परिणाम अनुसार वंशलाल तामाङले युवराज दुलालभन्दा ८९ मतले अग्रता लिएका छन्।
मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
168
Shares

प्रतिक्रिया