अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको संयुक्त युद्धका कारण मध्यपूर्व क्षेत्रमा जारी हवाई यात्राको अस्तव्यस्तताबीच संयुक्त अरब इमिरेट्स (युएई) ले सीमित संख्यामा उडानहरू पुनः सुरु गरेको छ।
दुबईको विमानस्थल प्राधिकरणले मंगलबार एक विज्ञप्ति जारी गर्दै विश्वको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय यात्रुवाहक हब 'दुबई अन्तर्राष्ट्रिय विमानस्थल' र 'दुबई वर्ल्ड सेन्ट्रल विमानस्थल'बाट थोरै संख्यामा उडान सञ्चालन गर्न अनुमति दिएको जनाएको छ। प्राधिकरणले एयरलाइन्सबाट सीधै सम्पर्क गरी प्रस्थानको समय सुनिश्चित नभएसम्म यात्रुहरूलाई यात्राको योजना नबनाउन समेत आग्रह गरेको छ।
दुबईस्थित इमिरेट्स एयरलाइन्सले सोमबार साँझदेखि सीमित संख्यामा उडानहरू पुनः सुरु गर्ने घोषणा गर्दै पहिले नै बुकिङ गरिसकेका ग्राहकहरूलाई प्राथमिकता दिइने जनाएको छ। त्यस्तै, आबुधाबीस्थित इतिहाद एयरवेजले बुधबारसम्म व्यावसायिक उडानहरू स्थगित रहने जनाएको छ। यद्यपि, सञ्चालन र सुरक्षा स्वीकृतिको अधीनमा रहेर केही "रिपोजिसनिङ, कार्गो र स्वदेश फिर्ती उडानहरू" सञ्चालन हुन सक्ने कम्पनीले बताएको छ।
उडान ट्र्याकिङ वेबसाइट 'फ्लाइटराडार२४' का अनुसार सोमबार आबुधाबीबाट लन्डन, एम्स्टर्डम, मस्को र रियाद लगायतका गन्तव्यका लागि कम्तीमा १६ वटा इतिहाद एयरवेजका उडानहरू प्रस्थान गरेका थिए।
फ्लाइटराडार२४ का अनुसार नै दुबईबाट प्रस्थान गरेका कम्तीमा दुईवटा इमिरेट्स उडानहरू मंगलबार बिहान भारतको मुम्बई र चेन्नईमा अवतरण गरेका छन्। यद्यपि, मंगलबार बिहान आबुधाबीका लागि उडेका दुईवटा इतिहाद उडानहरू ओमानको मस्कटतर्फ डाइभर्ट गरिएका थिए भने दुबईका लागि उडेको एक इमिरेट्स उडान मुम्बईतर्फ फर्किएको थियो।
११ हजारभन्दा बढी उडानहरू रद्द
अष्ट्रेलियाको 'स्ट्र्याटेजिक एयर' का कन्सलटन्ट निर्देशक टोनी स्ट्यान्टनले अलजजिरासँग भनेका छन्, "इरान द्वन्द्वका कारण उत्पन्न अवरोध सामान्यतया भौगोलिक रूपमा सीमित हुन्छ तर यो पटक अझ पनि गम्भीर हुन सक्छ। किनकि यसले विश्वका केही महत्त्वपूर्ण पूर्व-पश्चिम हवाई मार्गहरूलाई असर गरिरहेछ। यसले छिटो नकारात्मक असर सिर्जना गर्छ।"
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र त्यसको बदलामा तेहरानले सो क्षेत्रका अमेरिकी सहयोगीहरूमाथि गरेको प्रहारपछि इराक, जोर्डन, कतार र बहराइन लगायतका देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।
उड्डयन डेटा फर्म 'सिरियम' का अनुसार शनिबार द्वन्द्व सुरु भएयता यस क्षेत्रमा आउने र बाहिरिने ११ हजारभन्दा बढी उडानहरू रद्द भएका छन्, जसका कारण विभिन्न देशका सरकारहरूले आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउने योजना बनाउन थालेका छन्।
Dubai Airports confirms that a limited resumption of operations will begin today evening, 2 March, with a small number of flights permitted to operate from Dubai International (DXB) and Dubai World Central – Al Maktoum International (DWC). Travellers are advised not to proceed to… pic.twitter.com/Ui4ZYbuRJ2
— Dubai Media Office (@DXBMediaOffice) March 2, 2026
Shares

प्रतिक्रिया