अपराध


‘फेक रेस्क्यु’मा संलग्न रहेको आरोपमा ट्रेकिङ कम्पनी सञ्चालक पक्राउ

‘फेक रेस्क्यु’मा संलग्न रहेको आरोपमा ट्रेकिङ कम्पनी सञ्चालक पक्राउ

नेपालखबर
फागुन २७, २०८२ बुधबार १७:४२, काठमाडौँ

पर्वतारोहणमा गएका पर्यटकको ‘फेक रेस्क्यु’मा संलग्न भएको आरोपमा एक जना ट्रेकिङ सञ्चालक पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पानारोमा हिमालय ट्रेकिङ एन्ड एक्सपेडिसन प्रालिका सञ्चालक पासाङ शेर्पालाई पक्राउ गरेको हो। सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ का २७ वर्षीय शेर्पालाई बुधबार पक्राउ गरिएको ब्युरोले जनाएको छ। 

उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा ५१ को राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतको कसूरमा तथा संगठित अपराधमा पक्राउ गरिएको जनाइएको छ। जिल्ला अदालत, काठमाडौँबाट अनुमित लिएर पक्राउ गरिएको र उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ। 

अहिलेसम्म फेक रेस्क्युको आरोपमा ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थित कर्मचारी तथा हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित १० जनालाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए। 

उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बिमा रकम दाबी गरी गैरकानुनी रुपमा आर्थिक लाभ लिएको ब्युरोको अनुसन्धानमा देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad