अपराध


चार करोड घुस लिएको आरोपमा पुरातत्व विभागका पूर्व सीडीईविरुद्ध भ्रष्टाचार मुद्दा

चार करोड घुस लिएको आरोपमा पुरातत्व विभागका पूर्व सीडीईविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १८:११, काठमाडौँ

निर्माण कम्पनीबाट चार करोड घुस लिएको आरोपमा पुरातत्व विभागका पूर्वं सिनियर डिभिजनल इन्जिनियर (सीडीई) पूर्णबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार श्रेष्ठ र विभागकी सहायक पद प्रदर्शक देउकला अधिकारीविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए। अख्तियारले दायर गरेको आरोपत्रमा श्रेष्ठ र अधिकारीबाट चार करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ असुलउपर गर्न माग दाबी गरिएको छ। 

अख्तियारको आरोपत्रअनुसार, पुरातत्व विभागले गरेका ठेक्का सम्झौतामध्इे निर्माण सेवा प्रालि एक वा संयुक्त (जेभी)मा समावेश भएका गरेर ६४ करोड २१ लाख ८९ हजार ६०३ रुपैयाँ २२ पैसाको ठेक्का पाएको थियो। यसको खरिद प्रक्रियामा सीडीई श्रेष्ठ सहभागी रहेको अख्तियारको दाबी छ। 

त्यसबाफत उनले विभिन्न मितिमा चार करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ पाएको देखिएको आरोपत्रमा उल्लेख छ। त्यो रकमबाट विभिन्न मितिमा श्रेष्ठ र अधिकारी मिलेर जग्गा, सुन खरिद गरेको, विभिन्न व्यक्तिलाई भुक्तानी समेत गरेको पाइएको अख्तियारले जनाएको छ। 

घुस लिएको रकमबाट अन्य सम्पत्ति समेत खरिद गरेको देखिएकाले दुवै जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा पनि सजाय गर्न माग दाबी गरिएको अख्तियारका प्रवक्ता न्यौपानेले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad