कारोबार


असोज १ देखि बैंकको ब्याजदर बढ्दै, कुनको कति?

असोज १ देखि बैंकको ब्याजदर बढ्दै, कुनको कति?

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार २१:१६, काठमाडौँ

भोलि अर्थात् असोज १ गतेदेखि बैंकको ब्याजदर वृद्धि हुने भएको छ। नेपाल बैंकर्स संघले नै ब्याजदर खुल्ला छोड्ने निर्णय गरेसँगै ब्याजदर बढाउने सूचना बैंकहरुले जारी गरेका छन्।

वाणिज्य बैंकहरुको सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले यसअघिको भद्र सहमति खारेज गरेको थियो।

गत फागुनदेखि एक अंककै दरमा निक्षेपको ब्याजदर कायम थियो। उक्त सहमति बैठकले तोडेको हो। योभन्दा अघि निक्षेपमा अधिकतम ११ दशमलव ०३ प्रतिशत ब्याज दिन पाउने सहमति थियो। 

भद्र सहमति टुटे पनि बैंकहरुले धेरै ब्याज भने बढाउन पाउने छैनन्। सोही दायरमा रही बैंकहरुले नयाँ ब्याजदर राखेका छन्। नेपाल राष्ट्र बैंकले अघिल्लो महिना अर्थात् भदौको तुलनामा १० प्रतिशत मात्रै ब्याजदर थप गर्न पाउने भनिएको छ।

जसको अर्थ कुनै बैंकले १० प्रतिशत ब्याजदर दिइरहेको छ भने १० को १० प्रतिशत १ हुन्छ। १० प्रतिशत ब्याजदर दिएकाले १ प्रतिशत ब्याजदर थप गर्न पाउनेछन्। 

सोही अनुसार अधिकांश बैंकहरुले भोलिदेखि लागू हुने गरि नयाँ ब्याजदर जारी गरेका छन्। 

कुनको कति ब्याजदर
प्रभु बैंकले रेमिट्यान्सको रुपमा पठाउने प्रभु उन्नती मुद्दती खातामा वार्षिक १५ दशमलव १३ प्रतिशत र प्रभु उन्नती बचत खातामा वार्षिक १० दशमलव १३ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ।

नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२ दशमलव १३ प्रतिशत रेमिट्यान्स खातामा भने १३ दशमलव १३ प्रतिशत पुर्याएको छ। 

एनआईसी एशिया बैंकले रेमिट्यान्स मुद्दतीमा १३ दशमलव १३ प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपकर्ताले १२ दशमलव १३ प्रतिशत अधिकतम ब्याज दिने बताएको छ। 

राष्ट्रिय वाणिज्य बैंकले रेमिट्यान्स मुद्दतीमा १३ दशमलव १३ प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने भएको छ। 

हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ भने १० दशमलव ६३ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ। 

सेञ्चुरी बैंकले रेमिट्यान्स मुद्दती खातामा १४ दशमलव १३ प्रतिशत पुगेको छ । व्यक्तिगत मुद्दतीमा १२ दशमलव १३ प्रतिशत अधिकतम ब्याजा दिने भएको छ। 

माछापुच्छ्रे बैंकले रेमिट्यान्स मुद्दती निक्षेपमा १३ दशमलव १३ प्रतिशत व्यक्तिगत मुद्दतीमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने बताएको छ। 

यस्तै, सानिमा बैंकले रेमिट्यान्स मुद्दतीमा १३ दशमलव ५१ प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ।

एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत अधिकतम ब्याजदर दिने उल्लेख गरेको छ। 

सिभिल बैंकले असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा १२ प्रतिशत १३ प्रतिशत ब्याज दिने बताएको छ।

नेपाल इन्भेष्टमेण्ट बैंकले रेमिट्यान्स मुद्दतीमा १३ दशमलव १३ प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलब १३ प्रतिशत ब्याज दिने बताएको छ।

यसैगरी, मेगा बैंकले रेमिट्यान्स खातामा १३ दशमलव १३ प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने भएको छ। 

प्राइम बैंकले रेमिट्यान्स १४ दशमलव १३ प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने बताएको छ। 

एभरेष्ट बैंकले रेमिट्यान्स मुद्दतीमा १३ दशमलव १३ प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने उल्लेख छ। 

नेपाल एसबीआई बैंकले रेमिट्यान्स मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज र व्यक्तिगत मुद्दती निक्षेपमा १० दशमलव १३ प्रतिशत ब्याज दिने बताएको छ। 

कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पैसा राख्नेले असोजबाट १२ दशमलव १३ प्रतिशत ब्याज, संस्थागत मुद्दती निक्षेपमा भने १० दशमलव १३ प्रतिशत ब्याज दिने बताएको छ। 

बैंक अफ काठमाण्डूले रेमिट्यान्स मुद्दतीमा १३ दशमलव १३ प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ। 

स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागत निक्षेपमा १० दशमलव १३ प्रतिशत ब्याज दिने बताएको छ। 

सनराइज बैंकले रेमिट्यान्स मुद्दतीमा १४ दशमलव १३ प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने बताएको छ। 

कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिने भएको छ। संस्थागत मुद्दतीमा १० दशमलव १३ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .