कारोबार


ज्योति विकास बैंकको तीनवटा नयाँ शाखा उद्घाटन

ज्योति विकास बैंकको तीनवटा नयाँ शाखा उद्घाटन

नेपालखबर
पुस १५, २०७६ मंगलबार ७:२३,

ज्योति विकास बैंकले सोमबार एकै दिनमा ३ वटा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ।

बैंकले काठमाण्डौ महानगरपालिकाको रातोपुल, नागार्जुन नगरपालिकाको सीतापाईला र ललितपुर महानगरपालिकाको झम्सीखेलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो। बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ ज्योति विकास बैंकले ३ नयाँ शाखा संचालनमा ल्याएको हो।

ललितपुर महानगरपालिका वडा नं ३ झम्सीखेलस्थित बैंकको नयाँ शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका हुन्। त्यस्तै ज्योति विकास बैंकको नागार्जुन नगरपालिका वडा नं ४ सीतापाइलास्थित शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष तथा संस्थापक सेयरधनी ध्रुव कुमार उप्रेतीले गरे। बैंकको काठमाण्डौ महानगरपालिका वडा नं ७, रातोपुल शाखाको उद्घाटन सञ्चालक समितिका सदस्य जगदीश्वर प्रसाद अधिकारीले गरेकाे बैंकले जनाएकाे छ।

उद्घाटन समारोहमा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले ज्योति विकास बैंकले आवश्यक न्यूनतम चुक्तापूँजी भन्दा बढी चुक्तापूँजी सहित अत्यन्त सबल पूँजीकोष कायम राख्दै एक विशिष्ट वित्तीय संस्था निर्माण गर्ने दिशामा अघि बढेकोले अन्य वित्तीय संस्थाहरुसँग विलय नभई आफै सशक्त रुपले अघि बढ्ने जानकारी दिए। साथै व्यावासायिक नाफाभन्दा माथि उठेर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्य गर्न एक विशिष्ट कोष खडा गरी समस्त नागरिकरुको हितमा कार्य गर्न ज्योति विकास बैंक तत्पर रहेको विषय समेत जानकारी गराए।

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरु तथा स्थानिय व्यवासायीहरुको पनि उपस्थिति रहेको थियो।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ।

हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट ३१ अर्बभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई २६ अर्बभन्दा बढी लगानी गर्न सफल भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad