कारोबार


४७.०७ अंकले बढ्यो सेयर बजार

४७.०७ अंकले बढ्यो सेयर बजार

नेपालखबर
साउन १, २०८० सोमबार १५:३६, काठमाडौँ

सेयर बजार ४७.०७ अंकले बढेको छ। सोमबार बजार ४७.०७ अंकले बढेर २१४४.१६ बिन्दुमा पुगेको हो। बढेको बजारमा २ सय कम्पनीको सेयरमूल्य बढेको छ।

त्यसैगरी १३ कम्पनीको सेयरमूल्य घटेको छ। आज ४ कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ। 

नेप्से परिसूचकसँगै कारोबार समेत बढेको छ। आज २ अर्ब ५६ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बजारमा २ अर्ब १७ करोडको कारोबार भएको थियो। 

आज म्युचल फण्ड बाहेकका सबै उपसमूह बढेका छन्। सबैभन्दा सबैभन्दा धेरै विकास बैंकको उपसमुह ४.१४ प्रतिशतले बढेको छ। 

आज बिपीडब्लु लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। 
त्यसैगरी युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य ९.९९ प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य ९.८७ प्रतिशतले बढेको छ।

आज बजारमा शिवम सिमेन्टको सर्वाधिक १४ करोडको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .