सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित सप्तकोशी किनारमा युवतीहरुबीच भएको ‘ग्याङ फाइट’मा संलग्न तीनजना पक्राउ परेका छन्।
गत असार २९ गते भएको ‘ग्याङ फाइट’का क्रममा पाँचजना युवतीहरुले तीनजना युवतीहरुमाथि उफ्री उफ्री निर्घाट कुटपिट गरेका थिए।
तीन युवतीमाथि निर्घात कुटपिटमा संलग्नमध्ये १९ वर्षीया प्रीति लिम्बुलाई आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले बताए।
राईका अनुसार प्रीतिसहित पाँचजना युवतीहरुको समूहले तीनजना युवतीमाथि निर्घात कुटपिट गरेका थिए।
त्यसदिनको ‘ग्याङ फाइट’का क्रममा १९ वर्षीया मनिषा राई, नाम नखुलेकी १६ र १७ वर्षीया किशोरीहरुमाथि कुटपिट भएको थियो।
‘उनीहरूबीच सामान्य विषयमा झगडा भएको देखिन्छ,’ उनले भने ‘अहिले हामी अरु चारजनाको पनि खोजी गर्दैछौँ।’
— Nepalkhabar (@nepalkhabar) July 17, 2023सुनसरीको बराहक्षेत्रस्थित कोशी किनारमा युवतीको ‘ग्याङ फाइट’ pic.twitter.com/afpzX35Tqb
Shares

प्रतिक्रिया