कारोबार


रेल सेवा विस्तारमा मुआब्जाको समस्या सल्टाउन भारतको आग्रह

रेल सेवा विस्तारमा मुआब्जाको समस्या सल्टाउन भारतको आग्रह

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १८:१२, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबीच रेल सेवाबारे कुराकानी भएको छ। 

सिंहदरबारमा विराटनगर–जोगवनी तथा बिजलापुर बर्दिवास रेलबारे कुराकानी भएको मन्त्री ज्वालाका निजी सचिव रामहरि शर्माले बताएका छन्। 

नेपाल र भारत सरकारबचको सम्झौताअनुसार विराटनगरदेखि जोगवनीसम्म रेल निर्माणको काम भइरहेको छ। 

कतिपय ठाउँमा मुआब्जाको समस्या देखिएको भन्दै राजदूत श्रीवास्तवले तत्काल समस्या सुल्झाउन मन्त्री ज्वालासँग आग्रह गरेका छन्। 

जवाफमा मन्त्री ज्वालाले मुआब्जालगायत समस्या आगमी जनवरीसम्म सुल्झाउने बताएका छन्। 

बिजलापुरदेखि बर्दिवाससम्म पनि रेलको काम छिट्टै सुरु गर्ने बिषयमा पनि छलफल भएको छ। 

जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म रेल सेवा सञ्चालनमा छ। 

तर रेल सञ्चालनका लागि दक्ष जनशक्ति नहुँदा समस्या आइरहेको छ। नेपाली जनशक्तिलाई भारत रेल्वे कम्पनीले तालिम पनि दिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .