ad ad

कारोबार


काठमाडौंमा सकियो १८ मुलुकका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन, १४ बुँदे घोषणापत्र जारी

काठमाडौंमा सकियो १८ मुलुकका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय सम्मेलन, १४ बुँदे घोषणापत्र जारी

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १५:५२, काठमाडौँ

नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको अन्तर्राष्ट्रिय छातासंस्था इफाप्काको ४६औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।

१८ मुलुकका निर्माण व्यवसायीहरुको संस्था इन्टरनेशनल फेडेरेसन अफ एसियन एन्ड वेस्टर्न प्यासिफिक कन्ट्राक्टर्स एसोसिएसन (इफाप्का)को अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको हो। गत ५ देखि ९ गतेसम्म सम्पन्न सम्मेलनको उद्घान राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए। 

७ गते सोही सम्मेलनका दौडान इफाप्का फोरमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए। दिगो पूर्वाधारमा साझेदारीबारे फोरम छलफल गरिएको थियो। 

सम्मेलनमा स्वदेशी र विदेशी गरी ५ सय प्रतिनिधि सहभागी भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ। 

सम्मेलनले १४ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ। त्यसमा दिगो पूर्वाधार निर्माण, उत्थानशील पूर्वाधार संरचनाहरुको निर्माण, जलवायुमैत्री न्यून कार्बन पूर्वाधार निर्माणलगायतका कुराहरु समावेश रहेका छन्। 

सम्मेलनकै क्रममा  निर्माण क्षेत्रमा विशेष योगदान पुर्‍याउने इफाप्काका पूर्वअध्यक्ष तथा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष गणेशलाल श्रेष्ठलाई २ हजार अमेरिकी डलर राशीको पुरस्कार प्रदान गरिएको थियो। त्यसैगरी ३ हजार डलर राशीको अत्सुमी अवार्ड दामासाही रुपले जनही १५ सय डलर महासंघका पूर्वअध्यक्ष जीपछिरिङ लामा शेर्पा र यक्षध्वज कार्कीलाई प्रदान गरिएको महासंघले जनाएको छ। 

सम्मेलनमा उत्कृष्ट निर्माण कम्पनीहरुलाई समेत अवार्ड प्रदान गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .