ad ad

कारोबार


सोल्टी होटल र इसेवाबीच सहकार्य

सोल्टी होटल र इसेवाबीच सहकार्य

नेपालखबर
बैशाख ६, २०८१ बिहिबार १६:१३, काठमाडौँ

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक सहकार्यका लागि सम्झौता सम्पन्न भएकोछ।

सोल्टी होटेल्स तथा रिसोर्टसको लोयल्टी प्रोग्राम हेरिटेज क्लबका सदस्यहरूले इसेवाबाट सोल्टी होटेल्स तथा रिसोर्टसको कुनै पनि होटलमा बसाई बुकिङमा तथा खान पान गरे वापत क्याशब्याक र लोयाल्टी पोइन्ट पाउने व्यवस्थाका लागि सम्झौता भएको इसेवाले जनाएको छ।

आइतबार इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र स्ट्रिम पीक इन्टरनेशनल प्रा. लि. का संचालक तथा सोल्टी होटल लि.का उपाध्यक्ष सुदर्शन चापागाईंले सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे।

इसेवाका प्रमुख कार्यकारी अधिकृत खड्काले भने, ‘सोल्टी होटलले आफ्ना प्रयोगकर्तालाई केन्द्रबिन्दुमा राखेर रिवार्ड पोइन्ट कार्यक्रम सञ्चालन गर्नु आतिथ्यसत्कार क्षेत्रको लागि लागि उदाहरणीय कार्य हुनुको साथै प्रविधिको साथ लिएर आफ्ना प्रयोगकर्तालाई फराकिलो सेवा दिनुले सेवाग्राहीलाई निकै नै सहज र सरल हुनेछ। सोल्टी होटल र इसेवाको यो सहकार्यले विदेशी र स्वदेशी दुवै पर्यटकहरुलाई निकै सजिलो र सहज हुनेछ। लोयाल्टी पोइन्ट द्वारा इसेवा प्रयोगकर्ताहरुको लागि अब होटल तथा खानपानका लागि रेष्टूराँ बुकिंगमा थप सहजीकरण र फाइदाजनक हुने भएको छ।’

सोल्टी होटलका उपाध्यक्ष चापागाईंले सो सम्झौताको सम्बन्धमा भने, ‘इसेवाले आर्थिक क्षेत्रमा गरेको योगदानले नेपाल तथा नेपालीहरुबाट हुने कारोबारको प्रक्रियालाई निकै नै सहज बनाएको छ। इसेवा र सोल्टी होटेल्स तथा रिसोर्टसको यो सहकार्यले सोल्टीको लोयल्टी पोइन्ट प्रयोगकर्तालाई धेरै सजिलो हुने छ। इसेवाका प्रयोगकर्ताहरुले पनि सोल्टी होटेल्स तथा रिसोर्टसका विभिन्न सेवा सुविधाहरुको प्रयोगबाट सोल्टीको लोयल्टी प्रोग्राममा आवद्व हुनका लागि समेत बाटो खुलेको छ। साथै इसेवाबाट सोल्टी होटेल्स तथा रिसोर्टसका सबै होटलहरु मा सहजै बुक गर्न मिल्ने छ।’  

देशभर इसेवाको मोबाईल एप डाउनलोड गर्नेको संख्या १ करोड १० लाख भन्दा बढि पुगेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब २ करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब २ लाख ५० हजारको सङ्ख्यामा एजेन्ट नेटवर्क रहेको छ। इसेवाले केन्द्रीय कार्यालय सहित सातै प्रदेशबाट सेवा दिइरहेको छ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, बिजुली तथा खानेपानीको बिल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .