कारोबार


भन्सार विभागले थाल्यो वस्तु आयातमा प्रयोग हुने प्रज्ञापनपत्रमा क्यूआर कोड सेवा

भन्सार विभागले थाल्यो वस्तु आयातमा प्रयोग हुने प्रज्ञापनपत्रमा क्यूआर कोड सेवा

नेपालखबर
माघ १३, २०८१ आइतबार १२:४७, काठमाडौँ

भन्सार विभागले वस्तु आयातमा प्रयोग हुने प्रज्ञापनपत्रमा क्यूआर कोड सेवा सुरू गरेको छ। 

नक्कली र सक्कली प्रज्ञापनपत्र छुट्याउने गरी क्वीआर कोडको प्रयोग थालिएको हो। 

यसले भन्सारमा आयात भई बिक्री हुने वस्तु वैध वा अवैध भन्ने सघाउँछ। विभागको सिस्टममा क्यूआर कोड स्क्यान भए सक्कली र नभए नक्कली हुने विभागले जनाएको छ।

भन्सार दिवसको कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजस्व प्रगति गत वर्षको तुलनामा बढे पनि लक्ष्य भेट्टाउन सक्ने गरी काम गर्न निर्देशन दिएका छन्। 

चालू आर्थिक वर्षको अन्त्यसम्म राजस्वको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गरे। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले वस्तु जाँचपासमा प्रक्रियागत झन्झठ हटाउनुपर्ने बताए। अन्तर्राष्ट्रिय भन्सार प्रशासनमा प्रविधिको प्रयोग बढे पनि नेपालमा त्यसअनुसार बढ्न नसकेको उनको भनाइ छ।  

भन्सार प्रशासन राजस्व उठाउने मात्रै नभई अन्तर्राष्ट्रिय व्यापार बढाउने संस्था रहेकाले सहजीकरण गर्नुपर्ने बताए। आधुनिक स्क्यानर नहुँदा भन्सारबाट वस्तु पास हुन ढिलाइ हुने गरेको छ।

तयारी वस्तुको तुलनामा कच्चा पदार्थको भन्सार दर एक तह लागू गर्ने बताइए पनि बहाना देखाउँदै बढी लिँदा स्वदेशी उद्योगलाई अप्ठ्यारो भइरहेको उनले उल्लेख गरे। 

खुल्ला सीमामा अवैध कारोबार बढ्दा सीमापारि व्यापार बढे पनि नेपालको घटेको छ। विश्वमा १० डिजिटको एचएस कोड प्रचलनमा आउँदा नेपालमा ८ डिजिटको मात्रै छ। यसले अन्योल हुने गरेको अग्रवाल बताउँछन्। 

कुल राजस्वमा ४८ प्रतिशत भन्सार चुस्त बनाउनुपर्ने उनले बताए बताए। तजबिजी अधिकार घटाउनुपर्ने निजी क्षेत्रको सुझाव छ। राजस्व सचिव दिनेशकुमार घिमिरेले प्रविधिको प्रयोगले यसलाई घटाउन सहयोग पुग्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad