कारोबार


इम्सनको अध्यक्षमा फेरि रामराजा

इम्सनको अध्यक्षमा फेरि रामराजा

नेपालखबर
माघ १३, २०८१ आइतबार १३:४४, काठमाडौँ

आर्थिक मिडिया सञ्चालकहरूको साझा संस्था  इकोनोमिक मिडिया सोसाइटी नेपाल ( इम्सन)को अध्यक्षमा रामराजा श्रेष्ठ पुन: चयन भएका छन्।

संस्थाको काभ्रेको थुमकी रिसोर्टमा भएको सातौँ वार्षिक साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

यसैगरी संस्थाको उपाध्यक्षमा इक्वीटी नेपाल डट कमका लोचन खतिवडा र टक्सार म्यागजिनका हिम बिष्ट चयन भएका छन्।

संस्थाको महासचिवमा सिंहदरबार डट कमका नारायण पौडेल दोहोरिएका छन् भने सचिवमा अर्थपथ डट कमबाट विष्णुतारुके, कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी, सहसचिवमा आर्थिक आवाज डट कमका सुरेन्द्र पौडेल चयन भएका छन्।

संस्थाको सदस्यहरूमा अर्थ संसार डट कमका प्रतिनिधित्व मिलन खड्का, आर्थिक पार्टी डट कमका मदन लामिछाने, मेरो अटो डट कमका उज्ज्वल घिमिरे र हाम्रो अर्थ डट कमका दीपक भट्ट सर्वसम्मत चयन भएका छन्।

संस्थाको शुक्रबार सम्पन्न साधारण सभाले आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

इम्सनले देशमा आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र बीच रहेर पुलको काम गर्दै आएको छ। संस्थामा २७ मा आर्थिक मिडियाहरू आबद्ध छन्।

संस्थाको पहिलो कार्यसमिति बैठकले अनुशासन समितिको संयोजकमा न्यूज एजेन्सी नेपालका सविन धमलालाई चयन गरेको छ। आचारसंहिता समितिको संयोजकमा आर्थिक भ्वाइस डटकमका बिजय फुयाँललाई चयन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad