कारोबार


नयाँ स्टकको लाइसेन्स दिन सेबोन अध्यक्षले बोलाए सञ्चालक समितिको बैठक

नयाँ स्टकको लाइसेन्स दिन सेबोन अध्यक्षले बोलाए सञ्चालक समितिको बैठक

नेपालखबर
माघ १५, २०८१ मंगलबार ११:५५, काठमाडौँ

नयाँ स्टक एक्स्चेन्जको प्रकृया कसरी अगाडि बढाउने भन्ने बारेमा आज नेपाल धितोपत्र बोर्ड बैठक बस्ने भएको छ। 

अर्थमन्त्रालयबाट प्रकृया अगाडि बढाउनु भन्ने पत्र गएपछि अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आजका लागि सञ्चालक समितिको बैठक बोलाएका हुन्। 
बोर्डका प्रवक्ता निरन्जय घिमिरेका अनुसार सञ्चालक समितिको बैठक आज ४ बजेपछि बस्दै छ। 

यसअघि २०८० माघमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिले गत वैशाखमै नयाँ स्टक एक्सचेन्जको अनुमति दिन सकिने निष्कर्षसहितको प्रतिवेदन मन्त्रिपरिषदमा बुझाएको थियो। 

गत फागुनबाटै बोर्डको अध्यक्ष पद खाली भएका कारण मन्त्रिपरिषदले प्रतिवेदन अगाडि बढाएको थिएन। गत मंसिर १० मा बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ आएसँगै मन्त्रिपरिषदले गत पुसमा उक्त प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालय पठाएको थियो। 

मन्त्रालयमा करिब एक महिना अड्किएको प्रतिवेदन अहिले बोर्डमा आइपुगेको छ। 

अब सेबोनको आज बस्नेबोर्ड बैठकले उक्त प्रतिवेदनउपर छलफल गरेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउनेछ। 

अहिलेसम्म नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिने दौडमा हिमालयन स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जले छन्। 

आज बस्ने बोर्ड बैठकबाट धितोपत्र बोर्डले पुरानै आवेदकमध्ये कुनै एकलाई लाइसेन्स दिने वा अर्को आवेदन माग गर्ने भन्ने विषयमा निर्णय गर्नेछ। 

धितोपत्र बोर्डको बोर्डमा अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, अर्थ मन्त्रालयका सहसचिव महेश बराल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे, इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपालका उपाध्यक्ष नील बहादुर सरु मगर, उद्योग वाणिज्य महासंघका निर्देशक गोकर्ण राज अवस्थी र सल्लाहकार भोलानाथ ढुंगाना छन्। 

सात जनाको छलफलबाट नयाँ स्टक एक्सचेन्ज अनुमतिको प्रक्रिया अगाडि बढ्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad