युरोपेली संघ (इयू)ले नेपाली जहाजलाई युरोपेली मुलुक उड्न प्रतिबन्ध लगाएको लामो समय भएको छ। नेपाली जहाज धेरै दुर्घटना भएको भन्दै युरोपका देशहरुमा उडान अनुमति दिएको छैन। नेपालको हवाई उडानमा बढेको असुरक्षाबारे सन्तुष्ट नभएको भन्दै संघले सन् २०१३ देखि नेपाललाई प्रतिबन्ध लगाएको छ।
अन्तरार्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकोओ)ले सुरक्षा संवेदनशीलता भन्दै सन् २०१३ देखि लगाएको प्रतिबन्ध २०१७ मा प्रतिबन्ध हटाए पनि युरोपियन युनियनले अहिलेसम्म हटाएको छैन।
नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार नेपालले इयूको कालो सूचीबाट हटाउन प्रयासहरु भइ रहेको छ।
दुर्घटना न्यूनीकरणका लागि पछिल्ला केही वर्ष यता धेरै हवाइ सुरक्षाका उपायहरु अपनाइहेकाे भन्दै दुर्घटना न्यूनिकरण गर्न संभावित उपायहरु अपनाउने काम नेपाल सरकारको तर्फबाट भइरहेको महानिर्देशक पोखरेलले जानकारी दिए।
आईकाओले भने अनुसारका मापदण्ड भन्दा पनि धेरै कामहरु नेपालले गरिसके उनको भनाइ छ। ईयूले केही समयमै नेपालका जहाजलाई कालोसूचीबाट हटाउनेमा नागरिक उड्डयन प्राधिकरण विस्वस्त रहेको जनाएको छ। ईयूले भनेका धेरै मापदण्डहरु कार्यान्वयन भएका छन् र दुर्घटनाको संख्यामा पनि कमी आएको छ, प्राधिकरणले धेरै प्रतिवेदन ईयूलाई पठाएको बताएको छ।
युरोपियन युनियनको कालोसूचीमा नेपाल मात्र रहेको छैन। भेनेजुएला, इरान, इराक, नाइजेरिया, अफगानिस्तान, जिम्बाब्वे, एंगोला, कंगो, गावन लगायतका देशका विमान कम्पनी वर्षौदेखि ईयूको कालोसूचीमा रहेका छन् ।
नेपाल वायु सेवा निगमका जहाजहरु वर्षौदेखि युरोपेली देशहरुको आकाशमा उडान गर्न पाएका छैनन्। यो भन्दा अघि कालोसूचीले नेपाली विमान कम्पनीलाई खासै घाटा नलागेको भए पनि अब भने इयुले कालोसूचीबाट नहटाउँदा नेपाललाई 'भिजिट नेपाल' सन् २०२० नजिकै गर्दा ठुलो घाटा लाग्न सक्छ।
युरोपेली देशबाट नेपाल आउने पर्यटक पनि बढेका छन्।
केही महिना अगाडी पर्यटन विभागले निकालेको तथ्याङ्ग अनुसार युरोपेली देशबाट २४ लाख तीन हजार दुई सय ८४ पर्यटकले नेपालको भ्रमण गरेका छन्। याे तथ्यांक गतवर्षकाे भन्दा २३ प्रतिशतले बढी हाे।

प्रतिक्रिया