नेपाल धितोपत्र बोर्डले ब्रोकर मर्जरलाई अगाडि बढाउन निर्देशिका जारी गरेको छ।
बोर्डले धितोपत्र व्यवसायी गाभ्ने÷गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०८१ जारी गर्दै ब्रोकर मर्जरमा जाने बाटो खुला गरेको हो।
निर्देशिकाले मर्जरमा जान चाहने धितोपत्र दलाल (ब्रोकर) वा धितोपत्र व्यापारीले सञ्चालक समिति तथा साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गरेर स्वीकृतिका लागि बोर्डमा आवेदन दिनुपर्नेछ।
जसमा संस्थाले गाभ्ने र गाभिने सम्बन्धमा भएको सम्झौतापत्र, मर्जर गर्ने समयसहितको कार्ययोजना, पछिल्लो आथिृक बर्षको लेखापरीक्षण भएको वित्तीय विवरण र मर्जरमा जाने आधारहरुलाई स्पष्ट खुलाएर बोर्डमा निवेदन दिनुपर्नेछ।
उक्त निदेवदनका आधरमा बोर्डले १५ कार्यदिनभित्र स्वीकृति दिइसक्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ।
निर्देशिकाले सम्पत्ति तथा दायित्व मूल्यांकन गराउनुपर्ने जसमा स्वतन्त्र मूल्यांकनकर्ताले पनि त्यस्ता संस्थाको लेखापरीक्षक गर्न पाउने गरी सहजीकरण गरेको छ।
यदि स्वतन्त्र मूल्यांकनकर्ताले लेखापरीक्षण गर्दा गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने धितोपत्र व्यवसायीको गणना गरिएको समायोजित खुद सम्पत्तिलाई ७५ प्रतिशत, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य विधि प्रयोग गरी तयार पारिएको व्यावसायिक मूल्यांकनलाई १५ प्रतिशत, सोही मूल्यांकनबाट आएको मूल्यमा १० प्रतिशतले थपघट गरी सेयर स्वाप अनुपात कायम गर्नसक्ने व्यवस्था गरेको छ।
यसरी कार्यविधिअनुसार मर्जर हुन चाहेर निवेदन दिन आउने धितोपत्र दलाल वा धितोपत्र व्यवसायीलाई बोर्डले १५ दिनभित्रै मर्जरका लागि स्वीकृति दिने व्यवस्था मिलाइएको छ। मर्जरमा जानका लागि बोर्डबाट स्वीकृति पाइसकेका धितोपत्र दलाल वा धितोपत्र व्यवसायीले कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र मर्जरमा गइसक्नुपर्नेछ।
हाल बोर्डबाट स्वीकृति लिएर ९० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन्।
Shares

प्रतिक्रिया