कारोबार


अर्थ मन्त्रालयले कर छुट दिएका विषयमा प्रश्न, छुटको एकीकृत तथ्यांक संसद्‌मा पेस गर्न निर्देशन

अर्थ मन्त्रालयले कर छुट दिएका विषयमा प्रश्न, छुटको एकीकृत तथ्यांक संसद्‌मा पेस गर्न निर्देशन

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १६:१४, काठमाडौँ

महालेखा परिक्षकको कार्यालयले सरकारले कर छुट दिएको विषयमा प्रश्न उठाएको छ।  भन्सार विभागको तथ्याङ्क प्रणाली (आसिकुडा)को तथ्याङ्कअनुसार २०८०/८१ मा भन्सार राजस्वतर्फ  ७९ अर्ब ८७ करोड ३९ लाख छुट दिएको दिएको हो। 

आर्थिक ऐनबाट आन्तरिक राजस्वतर्फ समेत छुट दिएकोमा सोको अभिलेख मन्त्रालय र आन्तरिक राजस्व विभागले नराखेकोमा महालेखाले प्रश्न उठाएको हो। 

अर्थ मन्त्रालयबाट प्राप्त विवरणअनुसार साफ्टा सुविधाअन्तर्गत मालवस्तु पैठारी गर्दा भन्सार महसुल  ४ अर्ब ८७ करोड ९९ लाख र मूल्य अभिवृद्धि करसमेत छुट भएको छ।

 अर्थ मन्त्रालयले २०८० फागुन मसान्तसम्म विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह, संस्थानसमेतको ३४ अर्ब २७ करोड ५२ लाख पैठारी मूल्यमा  ६ अर्ब ६० करोड ९९ लाखसमेत विगत ४ वर्षमा  २० अर्ब ६२ करोड ६९ लाख राजस्व छुट दिएको छ।

  वैदेशिक ऋण वा अनुदानमा सञ्चालित आयोजनाको लागि आयोजना विकास सम्झौताको सर्तको अधीनमा रही  ४३ अर्ब ५६ करोड ४८ लाख ३० हजार पैठारी मूल्यका मालवस्तुमा ७ अर्ब ५२ करोड ९८ लाख ८५ हजार राजस्व छुट दिएको देखिन्छ। 

‘यसरी सुविधामा पैठारी हुने सामग्री तथा उपकरणमा लाग्ने राजस्व छुट दिएको वस्तु तथा रकमको अद्यावधिक अभिलेख अर्थ मन्त्रालयले राखेको छैन,’ महालेखाले भनेको छ। 

सम्बन्धित आयोजनाले बोलपत्र आह्वान गर्नु अगावै मास्टरलिष्ट स्वीकृत गराएको अवस्थामा मात्र छुट दिने र सुविधामा पैठारी भएका मालवस्तुको उपयोग सोही आयोजनामा भए/नभएको अनुगमनसमेत हुनुपर्ने बताएको छ। 

राजस्व छुटको दायरा बढ्दै गएकोले सो को प्रभाव विश्लेषण गर्नुका साथै राजस्व छुटको एकीकृत तथ्याङ्क संसदमा पेस गरी पारदर्शिता बनाउने निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad