सरकारले वनमा सुकेका काठ निकाल्न दिने भएको छ।
बिहीबार संसद्मा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रतुस्त गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेका तथा ढला पडा रुखलाई प्रयोगमा ल्याउने उल्लेख गरे।
‘सुकेका तथा ढला पडा रुखलाई प्रयोगमा ल्याउने छ,’ बजेट वाचन गर्दै अर्थमन्त्री पौडेलले भने। सरकारले पुष्पलाल राजमार्ग आसपासका क्षेत्रमा काठका उद्योग सञ्चालन गर्न प्रोत्साहन गर्ने समेत बजेटमा उल्लेख गरेको छ।
त्यस्तै वन क्षेत्रको भोगाधिकार दिदाँ पुनः नापजाँच गर्ने व्यवस्था हटाउने समेत अर्थमन्त्रीले घोषणा गरेका छन्।
171
Shares

प्रतिक्रिया